जनता टाइम्स

२४ फाल्गुन २०७८, मंगलवार २२:४९

कांग्रेसले खटायो ७७ वटै जिल्लामा नेता, को कहाँ ? (सूचिसहित)


काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।

मंगलबार केन्द्रीय कार्यालयले नेताहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा गएर अभियानमा सहभागी हुन खटाएको हो ।

कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ । उक्त दिन दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ ।