जनता टाइम्स

२६ फाल्गुन २०७८, बिहीबार १०:३५

वसन्तपुरमा आज विधिवत सुरु भयो चीर फागु


काठमाडौं, २६ फागुन । रंगको पर्व फागु आज विधिवत सुरु भएको छ । आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएसँगै देशभर फागुको विधिवत सुरुवात भएको हो ।

यो पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ ।

अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ । फाल्गुन पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।