जनता टाइम्स

२६ फाल्गुन २०७८, बिहीबार १०:३९

दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो


संखुवासभा, २६ फागुन । संखुवासभामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मादी नगरपालिका–६ मा आज बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । पाँच जना घाइते भएका छन् ।

दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटनामा परेको थियो ।