जनता टाइम्स

२७ फाल्गुन २०७८, शुक्रबार ०८:१२

बाइक हन्ट अभियान : पाँच मोटरसाइकल र दुई वटा साइकलसहित पाँच जना पक्राउ


काठमाडौं, फागुन २७ । काठमाडौंमा पाँच वटा चोरीका मोटरसाइकल र दुई वटा साइकलसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरले सुरु गरेको अपरेसन बाइक हन्ट अभियानका क्रममा चोरीका पाँच वटा मोटरसाइकल र दुई वटा साइकलसहित पाँच जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावतीका सुरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठ, सङ्खुवासभाको पाँचखपनका योगराज लिम्बु, झापाको बुद्धशान्तिका दिपेश मगर र सुर्खेतको मेलकुनाका विशाल राना रहेका छन् । उनीहरुले मोटरसाइकल चोरी गरेर सोरुममा लगेर अरुलाई बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।