काठमाडौं, २७ फागुन । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा आज बिहान आठ बजेतिर आगो लागेको हो ।आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो ।
नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उहाँले बताउनुभयो । ‘बीच बजारमा आगो लागेकाले थप क्षति नहोस् भनेर अन्य दमकल झिकाउने गरी तयारी भइरहेको छ,’ प्रजिअ पोखरेलले भन्नुभयो ।मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको थियो ।
जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।ताप्लेजुङ हरेक वर्ष आगलागीको चपेटामा पर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्