जनता टाइम्स

२७ फाल्गुन २०७८, शुक्रबार १४:५६

प्रचण्ड–माधवलाई दशा लागेपछि सरकार ढाले – अध्यक्ष ओली


काठमाडौं, २७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई दशा लागेकाले दुई तिहाईको सरकार ढालेको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस चौतारीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो , ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन् भित्रबाट प्रसाद आउँछ कि भनेर ।’ उहाँले फेरी भन्नुभयो , ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नु हुँदैन ।’