जनता टाइम्स

२७ फाल्गुन २०७८, शुक्रबार २१:२३

एमालेमै फर्किए नेकपा एसका पर्वत जिल्ला सचिव


काठमाडौं, २७ फागुन । माधव नेपालले नेतृत्व गरेको समाजवादी पाटी (नेकपा एस) का जिल्ला सचिव लोकेन्द्रजंग लामिछाने एमालेमै फर्किनुभएको छ । नेकपा एमालेका नेता लामिछाने माधव समूहले नयाँ पाटी गठन गरेसंगै एकिकृत समाजवादीमा लाग्नुभएको थियो ।

माधव समूहका नेताहरुले राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्न नसक्ने भन्दै एमालेमा फर्किनुभएको हो । उहाँले तत्कालीन नेकपा एमाले भित्र केहि मुद्धामा आफ्ना विमत्ति रहेपनि एमाले नै जनताको पाटी भएका कारण उक्त पाटीबाट अलग रहन नसक्ने बताउनुभयो ।

एमालेमा फर्किएका लामिछानेलाई एमालेका केन्द्रियद्धय कल्पना चापागाई र पदम गिरीले पाटीमा स्वागत गर्नुभयो । माधव समूहका रहेका नेताहरु लोपी पापीहरुको जमात रहेका कारण उनीहरुले राष्ट्रका लागि केहि गर्न नसक्ने लामिछानेको भनाई छ । सत्ताको लोभमा सवै प्रकारका सन्धी सम्झौता गर्न तयार रहेको नेकपा एस पाटीका सवै कार्यकर्तालाई पुरानै घरमा फर्किन लामिछानेले अनुरोध गर्नुभएको छ ।