काठमाडौं, फागुन २८ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्ले कामै गर्न नसकेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सांसदहरूले भत्ता खानेबाहेक काम नगरेको बताउनु भएको हो ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताउनुभयो । संसद्लाई निकम्मा बनाएर अहिलेको जस्तो भत्ता खानेबाहेक के काम गरेको छ पार्लियामेन्टले ? उहाँले प्रश्न गर्नुभएको थियो । भत्ता खाने काम गरेको छ । मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के काम गर्छ विचरा , सर्वोच्च अदालतले टिको लगाइदिएकाले सरकार बनाएका के काम गर्छन् विचरा, ओलीले भन्नुभयो ।ओलीले थप्नुभयो , पुरानो जनादेशले काम गरेसम्म काम गर्नुपर्छ । त्यसले काम गरेन भने नयाँ जनादेशका लागि जनतामा जानुपर्छ र ताजा जनादेश ल्याउनुपर्छ ।
सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरूमा सत्ताको उन्माद लागेको पनि ओलीले बताउनुभयो । सबैभन्दा खराबी कुरा के हो भने सत्ताले उन्माद जन्माउछ । कहिलेकहिले खासै स्ट्रेन्थ नभएका केही पनि नभएका व्यक्तिहरू पनि झुक्कलपुक्कल, अनेक जाल, तिकडम आदिइत्यादि परमादेश जारी भएका बखत यस्ता हुलमालमा त्यस्ता मान्छे पनि पावरमा पुग्न सक्छन्, उहाँले भन्नुभाये ।वर्तमान सरकारमा रहेकाले देशको हित, लोकतन्त्र, संविधानको रक्षा गर्न नसकेको ओलीको आरोप थियो ।













प्रतिक्रिया दिनुहोस्