जनता टाइम्स

२९ फाल्गुन २०७८, आईतवार २१:४९

साउदी अरबका राजकुमार फैसल विन फरहान अल नेपाल आउँदै


काठमाडौं, २९ फागुन । साउदी अरबका परराष्ट्रमन्त्री भोलि नेपाल आउनुहुने भएको छ । परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका परराष्ट्रमन्त्री तथा राजकुमार फैसल विन फरहान अल साउद दुई दिने नेपाल भ्रमणका लागि आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग चैत १ गते बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।