जनता टाइम्स

३० फाल्गुन २०७८, सोमबार ११:०८

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना : दुई जनाको ज्यान गयो, २४ जना घाइते


काठमाडौं, फागुन ३० । सिन्धुलीको दुधौली नगरपालिका(५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा दुई जनाको ज्यान गएको छ ।

२४ जना घाइते भएका छन् ।हिजो बेलुका सवा ८ बजे ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षका अजय दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।घाइते २४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।बेहुला र बेहुली अर्कै गाडीमा भएकाले उनीहरु सुरक्षित रहेका पनि प्रहरीले जनाएको छ ।