जनता टाइम्स

३० फाल्गुन २०७८, सोमबार २१:३५

एमाले सरकारले सुरु गरेका विकासे योजना गठबन्धन सरकारले अलपत्र पार्यो : उपाध्यक्ष पौडेल


काठमाडौं, ३० फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सरकारले आफ्नो पार्टी नेतृत्वमा रहेको बेला सुरु भएका विकासे योजनाका बजेटमा कैची चलाएर अलपत्र पारेको बताउनुभयो । नेकपा एमाले बुटवलले सोमवार बुटवलमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन सरकारले गरेका जनविरोधी कामहरुलाई स्थानीय समक्ष बुझाउन कार्यकर्तालाई निर्देशन गर्नुभयो ।

एमाले नेतृत्वको सरकारले राष्ट्रिय राजमार्गमा बनाउन अगाडि सारेका १० वटा पुलमध्ये ८ वटा अहिलेको सरकारले हटाएको बताएको पौडेलले बताउनुभयो । कोशी, भालुवाङ, मुग्लिनका महत्वपूर्ण ठाउँमा बन्ने पुलमध्ये एमाले सरकारबाट हटेपछि अहिलेको सरकारले हटाएर अलपत्र पारेको उाँहले आरोप लगाउनुभयो । नेता पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना पूरा भएरै छाड्ने बताउँदै कसैले आशंका गर्न जरुरी नभएको बताउनुभयो । आयोजनाको सपना देख्ने नेता मदन भण्डारी भएको भन्दै उहाँले जबजमा कालीगण्डकीको पानी तिनाउ नदीमा खसालिने पांँचौं महाधिवेशनमा मदन भण्डारीले लेख्नुभएकाले त्यो सपना पूरा पौडेलको धारणा थियो ।

अब यो आयोजनाको कार्यान्वयन कसैले रोक्न नसक्ने बताउँदै उहाँले डीपीआर सकिएको आयोजना रोक्न केही संकीर्ण मानिसले मुद्दा हालेपनि आयोजना कार्यान्वयन कसैले रोक्न सम्भव नभएको दावी गर्नुभयो । आयोजना शुरु भएपपछि राम्दीदेखि तल्लो तहमा पनि पानीको अभाव नहुने तर्क गर्दै पौडेलले रिणी र रुद्रवेनीको बीचमा २५०० मेगावाटको जलाशययुक्त निर्माण गरिने फेहरिस्त बताउनुभएको थियो । अधिकांश समय विकासे आयोजनाका विषयमा धारणा राखेका पौडेलले विश्व बैंकको लगानीमा रुपन्देहकिो तिनाउमा सिग्नेचर पुल बन्ने, तिनाउ–दानव करिडोरमा पर्ने वस्तीका विस्थापितलाई उचितरुपमा सम्बोधन गर्ने बताउनुभयो । एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले एमालेविरुद्धको मोर्चाबन्दीलाई हराउन कार्यकर्तालाई एकजुट हुन निर्देशन दिनुभएको थियो । एमालेलाई माया गर्नेहरुको साथ लिएर अवसरवादीहरुलाई परास्त गर्नुपर्ने उहाँको भनाइ थियो । उपमहानगरस्तरका सबै कार्यकर्तालाई पार्टीका योजनाका विषयमा जानकारी दिन यस्तो कार्यक्रम गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले बताउनुभयो ।ण्