काठमाडौं, १ चैत्र । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । फागुन २५ गतेदेखि २९ गतेसम्म सम्पन्न भएको पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
महासचिव मोहन वैद्य किरणको अध्यक्षतामा बसेको वैठकले ७ बुँदे निर्णय लिएको जारी प्रेस वक्तव्यमा पार्टीको क्रान्तिकारी छवि चुनाव उपयोगबाट भन्दा बहिष्कारद्वारा नै समुज्जल हुने देखिएको उल्लेख गरिएको छ । साथै, बहिष्कार आन्दोलनलाई दुई महिने अभियान बनाइ सञ्चालन गर्ने निर्णय समेत पार्टीले गरेको छ ।













प्रतिक्रिया दिनुहोस्