काठमाडौं, चैत १ । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीप) पदमा तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको नाम सिफारिश भएको छ । डिआइजी धिरजप्रताप सिंह, रविन्द्र धानुक र बसन्त पन्त एआईजीमा बढुवाका लागि सिफारिश हुनुभएको हो ।
गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको समितिले आज सिंह, धानुक र पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । पन्त वर्तमान आईजीपी थापाका ब्याची हुनुहुन्छ भने बाँकी दुई जना वर्तमान एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापाका ब्याची हुनुहुन्छ ।
सरकारले केही समयअघि एआईजीको तीन दरबन्दी थपेको थियो । दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा एआईजीको संख्या ८ पुग्ने छ । आगामी बैशाख १८ पछि एआईजीको चारवटा दरबन्दी रिक्त हुने छ । सिफारिस भएकाविरुद्ध एक साताभित्र कसैले उजुरी नगरे बढुवा हुने ब्यवस्था छ । एक नम्बरमा पन्त, दुई नम्बरमा सिंह र तीन नम्बरमा धानुकको सिफारिश भएको हो ।













प्रतिक्रिया दिनुहोस्