काठमाडौं, चैत्र १ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जिवक कुमार पुन मगर एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उहाँले कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ पाएर पाउनुभएको थियो । त्यस वडामा एमाले तेस्रो स्थानमा थियो ।
पुनको प्रवेशलाई स्थानीय एमालेले महत्व दिएका छन् । मंगलवार बुर्तिवाङमा आयोजित राष्ट्रिय युवा संघको ढोरपाटन नगरस्तरीय भेलामा पुनसहित कांग्रेसका कार्यकर्ताहरु शिखर पुन,समवहादुर अदै,मिलन अदै,मदन घर्ती लगायत एमालेमा प्रवेश गर्नुभएको छ ।
सोही कार्यक्रममा माओवादीबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी निरुता घर्तीमगरसहित एमालेमा प्रवेश गर्नूभएको छ । नवप्रवेशीहरुलाई एमालेका गण्डकी प्रदेश कमिटी सदस्य तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले स्वागत गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्