काठमाडौं, २ चैत्र । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने गर्दै हुनुहुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि उाहले पार्टी प्रवेशको चाहना राख्नुभएको थियो ।
अध्यक्ष ओलीसँगकै सल्लाह बमोजिम पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते मानन्धर एमाल प्रवेश गदै हुनुहुन्छ । एमाले केन्द्रीय सचिवालय बैठकले यस वर्ष वडादेखि केन्द्रसम्म पार्टी स्थापना दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ ।
मानन्धर तुलसीलाल अमात्य भवनबाट एमालेमा प्रवेश गर्ने बताइएको छ । उाँहले गत साता ललितपुरका सांसद नवराज सिलवाल र गंगा चौधरीसहित अध्यक्ष ओलीसँग भेट गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्