जनता टाइम्स

३ चैत्र २०७८, बिहीबार १७:५२

कांग्रेसलाई ठूलो झडका, सभापतिले नै रोजे एमाले


काठमाडौं, चैत ३ । सत्तारुढ नेपाली कांग्रेसका सभापति नै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

कांग्रेसबाट समृद्ध नेपाल निर्माण असंभव रहेको तथ्य प्रमाणित भइसकेको निश्कर्षसहित जुम्ला प्रदेश क्षेत्र ‘ख’ का उपसभापति दान्सिंह खत्री आफ्नो टीमसहित एमालेमा प्रवेश गर्नुभएको हो । जुम्लामा प्रभावशाली मानिने खत्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमै पुगेर एमाले प्रवेश गर्नुभयो ।

खत्रीसहित दर्जनौँ नेतालाई एमाले अध्यक्ष ओलीको स्वागत गर्नुभएको छ । नवप्रवेसीहरुले अब देशको नेतृत्व कांग्रेसले गर्न नसक्ने तथ्य प्रमाणित भइसकेको निश्कर्ष पनि सुनाउनु भयो ।