मकवानपुर, ४ चैत्र । मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।हेटौंडाबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गमा पल्टिएको हो । दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना. ४ ख ४४५४ नम्बरको बस अनियन्त्रित सडक किनारमा पल्टेको हो ।दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । घाइतेहरुको उपचारका लागि चितवनका अस्पतालहरुमा पठाइएको छ ।
मकवानपुरमा बस पल्टिँदा दुई जनाको मृत्यु, १२ जना घाइते













प्रतिक्रिया दिनुहोस्