जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार १३:२१

पर्वतमा माओवादीबाट निर्वाचित वडा अध्यक्षसहित तीन दर्जन नेता एमालेमा प्रवेश


पर्वत, ४ चैत । नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष एमालेमा प्रवेश गर्नुभएको छ । कुश्मा नगरपालिका वडा न ८ का माओवादी केन्द्रका वडा अध्यक्ष हरीनारायण गिरी सहित तीन दर्जन अगुवा नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको हो ।

नव प्रवेशीहरुलाई एमाले केन्द्रिय सदस्य कल्पना चापागाई र संघीय सांसद तथा केन्द्रिय सदस्य पदम गिरीले स्वागत गर्नुभएको थियो । गिरी विगत १७ बर्ष देखि माओवादी केन्द्रको तत्कालीन गाविस अध्यक्ष तथा हाल वडा अध्यक्षको भूमिकामा हुनुहन्थ्यो ।

उहाँ माओवादी पाटीबाट देशको सम्बृद्धि नआउने भन्दै एमालेमा प्रवेश गर्नुभएको हो ।