जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार १७:१४

स्थानीय तहको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते


काठमाडौं, ४ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तय गरिएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको सूचीअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता तय गरिएको हो । आयोगको सूचीअनुसार उम्मेदवारी दर्ता गर्न २ दिनको समय छुट्याइएको छ ।

दुई दिनभित्र उम्मेदवारी दिएपछि उजुरी दर्ता, जाँचबुझ प्रक्रिया सकाइनेछ ।

१६ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिने आयोगले जनाएको छ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेका लागि समय दिइएको छ । १६ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।