जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार १७:३२

ब्राउन सुगरसहित दुई भारतीयसहित ३ जना पक्राउ


बर्दिया, ४ चैत । लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय र एक जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९ सय ३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका हुन् ।

हिजो ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्ने क्रममा भारत बहराइच जिल्ला थाना मोतीपुर ग्राम बरथनवा गाउँ शिवरात्रीपुरका २५ वर्षीया सबिना साई र २६ वर्षीय सद्दाम साई तथा काठमाडौं महानगरपालिका–७ का ४७ वर्षीय सुमन केसीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो ।

काठमाडौंका कारोबारीलाई भारतबाट बेच्न ल्याएको ब्राउन सुगरसहित पक्राउ परेका तीन जनालाई हिजै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।