जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार १८:२३

कक्षा १२ को परीक्षा जेठ १६ देखि सञ्चालन गरिने


काठमाडौं, ४ चैत । कक्षा १२ को परीक्षा आगामी जेठ १६ मा सञ्चालन गर्ने निर्णय भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

आज बसेको बोर्डका निर्णयहरु केहीबारेमा बोर्डको वेबसाइटमा राखिने बताइएको छ । बोर्डको निर्णयअनुसार १२ कक्षाको परीक्षा ९ दिनसम्म सञ्चालन गरिनेछ ।