जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार २०:२४

माधव समुहको भ्रम टुटेको घोषणासहित एमालेमै फर्किए अनेरास्ववियूका जिल्ला अध्यक्ष


दाङ, चैत ४ । माधव नेपाल नेतृत्वको नेकपा ‍एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । अनेरास्ववियू दाङका अध्यक्ष धर्मराज (डिआर) भण्डारी आज एमाले प्रवेश गर्नुभएको हो ।

तुलसीपुर १६ निवासी अनेरास्वीयू दाङका अध्यक्ष भण्डारीलाई एमाले दाङका सचिव मनोहर बुढाथोकी, तुलसीपुर नगर अध्यक्ष माधव वली, नगर इन्चार्ज मानवहादुर रावत लगायतले टीका लगाई एमालेमा स्वागत गर्नुभयो । पार्टी विभाजन अघि पनि पनि अनेरास्वीयुमा सक्रिय भण्डारी पार्टी विभाजन पछि माधव नेपाल नेतृत्वको समाजवादीमा सक्रिय हुनुभएको थियो ।

माधव समुहले आफूलाई भ्रममा पारेको महसुस भएपछि एमालेमै फर्किएको भण्डारीले बताउनु भएको छ । उहाँले कम्युनिष्ट आन्दोलनलाई प्रतिक्रियावादीको पाउमा बुझाउने नीति मात्रै माधव नेतृत्वको पार्टीले लिएको तथ्यबाटै प्रमाणित भएपछि एमालेमै फर्किएको बताउनु भएको छ ।