काठमाडौं, चैत ५ । मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा पुनः उषाकिरण भण्डारी चयन हुनुभएको छ । काठमाडौंको नयाँ बाँनेश्वर थापागाँउस्थित बानेश्वर वैंक्वेटमा आज सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट भण्डारी पुनः अध्यक्षमा चयन हुनुभएको हो । सम्मेलनले फाउन्डेसनको सचिवमा पेम्बा लामा, कोषाध्यक्षमा चिन्तामणि भट्टराईसहित ४१ सदस्य कार्यसमिति गठन गरेको छ ।
तीन वर्षका लागि गठन भएको फाउन्डेसनको केन्द्रीय कार्य समिति सदस्यहरूमा डा. भेषराज अधिकारी, प्राडा. प्रेमसागर चापागाईँ, प्राडा शंकर भण्डारी, महेन्द्रबहादुर पाण्डे, शुशील प्याकुरेल, डा. बिमला राई पौडेल, डेगेन्द्र पाण्डे रहनुभएको छ ।
त्यसैगरी टिका ढकाल, कृष्णप्रसाद भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलनराज धरेल,अमरध्वज लामा, डा. कुन्दन अर्याल, डा. कैलाश भण्डारी, डा. कालु सि खत्री, डा. सुरेश तिवारी र मिना भण्डारी हुनुहुन्छ । त्यसैगरी गोपाल गुरागाईँ, खेमराज पोखरेल,मञ्जु चौधरी, राज मोहम्मद राय, बिना शाह, सरोज यादव, शिवकुमारी गोतामे, सरिता न्यौपाने, खेम लोहनी, बालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दिपक सुवेदी, रामशरण ढुङ्गाना, दामोदर वैरागी केन्द्रीय कार्यसमितिसदस्यमा चयन हुनुभएको छ ।

सम्मेलनले डा. निर्मल विश्वकर्मा, बलबहादुर आचार्य, रामबहादुर राउत,मिना बुढा,टिका विष्ट,प्रा।डा। नन्दबहादुर सिं,हरदेव जोशी,सरस्वती नेपाली र किशोरचन्द्र दुलाललाई पनि फाउन्डेसनको केन्द्रीय सदस्यमा चयन गरेको छ । एक जना केन्द्रीय सदस्य भने पछि थपिने गरी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो ।
फाउण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ‘जबज’ को विचारलाई प्रवर्द्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षामा सहयोग गर्दै आइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्