काठमाडौं, चैत्र ६ । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जित्नुभएको छ । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उहाले उपाधि हात पार्नुभएको हो । उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गर्नुभएको छ ।
नेपाल आइडल सिजन– ४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित हुनुभएको छ । उहाहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गर्नुभयो । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गर्नुभएको थियो। उहाँहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गर्नुभएको छ ।
एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायको रुपमा हुनुहन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्