काठमाडौं, चैत्र ६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संवैधानिक नियुक्ति खारेजीको आदेश सर्वोच्चले गरे एमालेले त्यसको काउन्टर दिने चेतावनी दिनुभएको छ ।
शनिवार प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले राज्यशक्तिको दुरुपयोग गरेर अदालतबाट जस्तो खालको क्षेप्यास्त्र आउँछ त्यसलाई काउन्टर दिन एमाले तयारी अवस्थामा रहेको बताउनुभयो । नेता ढकालले एमालेले त्यसका लागि आवश्यक तयारी गरेको बताउनुभयो ।
‘एमालेले तयारी अवस्थामा छ, तर हतारिएर उत्ताउलो भएर पहिल्यै हान्दैन’ ढकालले भन्नुभयो, ‘अदातलले प्रचलित विधि, कानुन र पद्धतीको बर्खिलाप हुने गरी आदेश गरे एमालेले आफ्नो सामथ्र्यले भ्याउने गरी विभिन्न मोर्चाबाट त्यसको प्रतिरोध गर्छ ।’ उहाँले अदालतले के गर्न सक्छ, के गर्न मिल्छ भन्ने कुराको कुनै सीमा नै नरहेको बताउँदै अदालतले गर्ने आदेश अनुसार नै एमालले व्यवहार गर्ने बताउनुभयो ।
आउने स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी र माओवादी केन्द्रसँग सहकार्य हुन सक्छ भन्ने प्रश्नमा नेता ढकालले माधव नेपालको समाजवादीलाई एमालेले दलको मान्यता नदिएकोले सहकार्य हुन नसक्ने बताउनुभयो ।माओवादीको हकमा भने ‘रुँदै आए’ गोत्र एउटै भएकोले सहयोग गर्न सक्ने नेता ढकालको भनाइ छ ।आगामी स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनपछि नेपालका राष्ट्रिय राजनीति दुई ध्रुवमा प्रस्ट रुपमा देखिने नेता ढकालको भनाइ छ । ‘चुनावपछि गठवन्धनका रंगीविरङ्गी छिर्केमिर्के दल रहँदैनन्, अस्थित्वको खोजीको लागि उनीहरुको संर्घष जार रहन्छ’ नेता ढकालले भन्नुभयो , ‘एमाले र कांग्रेसका बीचमा मूल रुपमा प्रतिस्पर्धा हुन्छ, कम्युनिष्टहरु एमालेसँग र प्रजातन्त्रवादीहरु कांग्रेसतिर लाग्छन्, अरुको अर्थ छैन ।













प्रतिक्रिया दिनुहोस्