जनता टाइम्स

६ चैत्र २०७८, आईतवार १४:२५

झलनाथकै क्षेत्रमा समाजवादी शून्य पार्दै सयौँ कार्यकता एमालेमा प्रवेश (फोटोफिचर)


इलाम, ६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति नै शून्यतामा पुर्याउने गरी सयौँ नेता तथा कार्कयर्ता एमालेमा भित्र्याउनु भएको छ ।

पहिलो पटक एमालेको पार्टी प्रवेश कार्यक्रममा इलामको सूर्योदय नगरपाकालिकाको फिक्कल बजारमा पुग्नुभएका अध्यक्ष ओलीले खनालका नेता कार्यकर्ता सबै एमालेमा भित्र्याउनु भएको हो । खनाल समाजवादीमा लागे पनि एमाले कार्यकर्ताहरू भने कमैमात्र उहाँसँग गएका थिए ।

ती मध्ये पनि ९० प्रतिशत कार्यकर्ता आइतबार एमालेमै फर्किएको एमाले इलामका अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो ।
फोटोहरु