काठमाडौं, चैत्र ६ । डा. शङ्कर शर्मा गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार शर्मालाई भारतको राजदूतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उहाँलाई नियुक्त गर्नुभएको हो ।
मन्त्रिपरिषद्को गएको मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उहाँ संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्