काठमाडौं, चैत्र ७ । स्थानीयबासिन्दा र प्रहरीबीच झडपका क्रममा एक जना महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ।जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यु लगाएको हो।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कर्फ्यु लगाइएको जानकारी दिनुभयो । दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ।
फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो। आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा घाइते प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।।














प्रतिक्रिया दिनुहोस्