जनता टाइम्स

७ चैत्र २०७८, सोमबार ०८:०९

एमाले उपाध्यक्ष पौडेलसहितको टोली चीन भ्रमणमा


काठमाडौँ, चैत्र ७ । एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली चीन भ्रमण जाँदै छ । हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान ९:१० बजेको उडान मार्फत चीन जान लागेको एमालेका प्रचार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।एमालेका उपाध्यक्ष पौडैल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीसहितका चार जना नेताहरु चीन जान लाग्नुभएको हो ।

चीनको युनान राज्यको कुन्मिङ सहरमा चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरुसँग भेट गर्ने लगायतको कार्यक्रम रहेको छ । उहाँहरु सीपीसीको निमन्त्रणामा जान लागेको एमाले स्रोतले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको तयारी भइरहँदा एमालेको टोली चीनतर्फ गएको हो । अर्को साता चिनियाँ विदेशमन्त्री यी नेपाल आउँदै हुनुहुन्छ ।

पछिल्लो समय एमाले र सीपीसीका नेताहरूबीच भर्चुअल संवाद हुँदै आएको थियो । यसअघि एमाले र सीपीसीबीच भ्रमण आदनप्रदानका कार्यक्रमहरु हुने गर्थे ।