मोरङ, चैत्र ७। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएकोले समयमा नै हुने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सोमबार उहाँले निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र आयोगले निर्वाचन गराउन लागि परेकाले सरकारले पूरा सहयोग गर्ने बताउनुभयो ।प्रधानमन्त्री देउवा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्नका लागि आए पनि शिलान्यास नगरी गएकोप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरे ।नेपाल सरकारले उपलब्ध गराएको ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैँचा नगरपालिकाले २७ करोड लागतमा प्रशासनिक भवन निर्माण सुरु गरेको छ ।
प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिनुभयो ।लेटाङ नगरपालिकामा प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।यसैबीच, प्रधानमन्त्री देउवाले सुन्दरहरैँचामा ३५ शय्याको नगर अस्पताल उद्घाटन गर्नुभएको छ ।सुन्दरहरैँचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ करोडको लागतमा निर्माण गरेको नगर अस्पताल प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्