जनता टाइम्स

७ चैत्र २०७८, सोमबार २०:३१

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर भोलि एमाले प्रवेश गर्ने


काठमाडौं, ७ चैत्र । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । उहाहरु दुवै जनालाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने एमालेका एक नेताले जानकारी दिनुभयो ।

उहाका अनुसार समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो ।

अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्ने ती नेताले जानकारी दिनुभयो ।