जनता टाइम्स

८ चैत्र २०७८, मंगलवार ०८:४०

प्रचण्डले अक्ष्यम्य अपराध गरेको भन्दै नगर अध्यक्षले त्यागे माओवादी (बिज्ञप्तीसहित)


​​​​​​​काठमाडौं, चैत्र ८ । ​​​​​​​ प्रचण्डलाई दलाल भन्दै नेकपा माओवादी केन्द्रका बागलुङ नगर कमिटी अध्यक्ष इन्द्र केसी (पारस)ले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

सोमबार एक विज्ञप्ति जारीगर्दै माओवादी केन्द्र बागलुङका नगर अध्यक्ष केसीले प्रचण्डमा वामपन्थी आन्दोलनलाई बलियो बनाउनु भन्दा पनि दलाल, नोकरशाही, पुँजिवादको प्रतिनिधिपात्र भएको भन्दै पार्टी परित्यागको घोषणा गर्नुभएको छ । उहाँले एमसीसी प्रकरणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोर भूमिका र राष्ट्रिय हितमा विचलन भएका कारण माओवादी केन्द्र परित्याग गरेको केसीले विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।

माओवादी केन्द्रले जनयुद्धमा उठाएका मुद्दा बिर्सँदै गएको भन्दै पार्टीमा रहनुपर्ने सैद्धान्ति, वैचारिक कारण नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले अध्यक्ष प्रचण्ड नेपाली कांग्रेससँग सहकार्य गर्ने र उसैसँग लसपसिएर सत्ताको वरिपरि रहने भत्ता संसदीय कार्यनीति अपनाएको आरोप समेत लगाउनुभएको छ ।

अध्यक्ष केसीले आफुले आफ्नो जीवनका उर्जाशील दिनहरु पार्टीमा खर्चिएर पनि लाभको कुनै पद नलिएको र तत्काल कुनै पार्टीमा प्रवेश नगरेको विज्ञप्ति मार्फत जनाएका छन् ।