काठमाडौं, चैत्र ८ । जनता समाजवादी पार्टी संघिय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्रस् डा. बाबुराम भट्टराईले पूर्वमहिला लडाकुहरु बाध्य भएर ‘सेक्स वर्कर’ भएर बसेको आफैले देखेको दावी गर्नुभएको छ ।
उहाँकै शब्दमा– ‘जुन लडाकुहरु छन्, तिनीहरु चाहि पुरै चाहि ‘सेक्स वर्कर’ भएर बसेको मैले देखेको छु, बाध्य भएर लुकाएर बसेका छन् काठमाडौंको महिलाहरुको मैले अध्ययन नै गरे क्या , मैले यो म पनि अलिकति यस्तो विषयमा (हिसिला) जीलाई पनि भन्छु, महिला यस्तो विषयमा घिन लाग्छ क्या, यसो गरेर बुझ्छु, त्यस्तो महिलाहरुको संगत पनि गरे तिनीहरुलाई बोलाएर बुझे, बुझ्दा खेरि त प्रत्यक्ष आफैले भेटेर उनीहरु कै मुखबाट सुनेको कुरा किन नपत्याउने ? मैले एउटा यस्तो महिला भेटे, ति महिलाले चाहि आफ्नो लोग्नेको उपचार नभेटाएपछि सेक्स ‘वर्कर’ गरेर उपचार गरेछिन ।’कलाकार प्रकाश सपुतले जनयुद्धमा लडेका लडाकुहरुले पाएको पिडालाई ‘पिर’ नामक गीतमा देखाउनुभएको थियो।
माओवादी निकट बिभिन्न संगठनहरुले विज्ञाप्ति नै निकालेर भिडियो हटाउन दबाब दिएका थिए तर जनयुद्ध हाक्ने मध्येका एक डा. बाबुराम भट्टराईले भने प्रकाश सपुतको गीतलाई समर्थन गदै गीतले जनयुद्धको बिरोध नगरेको बरु अपूर्ण कान्तिको पीडा दर्शाएकाले आपत्ति मान्नुपर्ने कुरा नभएको बताउनुभएको थियो । तर गीतमा महिला पूर्वलडाकुहरु देहव्यापारमा लागेको देखाएर जनयुद्धमा लडेका महिलाहरुको अपमान गरेको भन्दै त्यसलाई हटाउन माओवादी केन्द्र निकट संगठनहरुले व्यापक दबाब दिएपछि भिडियोमा आपत्ति जनाएको दृश्य सम्पादनपछि उनले पुनःयुट्युवमा अपलोड गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्