काठमाडौं, चैत्र ८ । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्नुभएको छ । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गर्नुभएको हो । अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गर्नुभएको हो ।
एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताउनुभयो ।
देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने उहाँले बताउनुभयो ।












प्रतिक्रिया दिनुहोस्