जनता टाइम्स

९ चैत्र २०७८, बुधबार १०:४२

धनकुटामा जिप दुर्घटना, एकको मृत्यु


धनकुटा, ९ चैत । धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै गए राति जिप दुर्घटना हुँदा एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका–७ की १९ वर्षिया श्रेया राई रहेकी छन् ।

उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ ।