काठमाडौं, ९ चैत्र । नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरी मोबाइल एप ल्याउने भएको छ । एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोलि उक्त एप सार्वजनिक हुने जानकारी दिनुभयो ।
‘चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले सीपिएन यूएमएल ल्याउने छ’, अध्यक्ष ओलीले भन्नुभयो ।नवौं महाधिवेशनमा ८ लाख ५५ हजार संगठित सदस्य भएको र त्यो संख्या बढेर अहिले ११ लाख पुगेको पनि ओलीले बताउनुभयो ।
‘एमालेप्रति जनआकर्षण बढेको छ, एमाले प्रवेशको लहर देशभर चलेको छ’, उहाँले भन्नुभयो, ‘प्रचारलाई व्यवस्थित र सबैलाई एमालेको नीतिबारे जानकारी दिन मोबाइल एम प्रभावकारी हुनेछ ।’समृद्धि र खुसीका लागि एमालेले बहुमत ल्याउनुपर्ने उहाँको भनाइ थियो ।













प्रतिक्रिया दिनुहोस्