काठमाडौं, ९ चैत्र । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा कर्णालीका प्रदेशमा सत्ता गठबन्धन नभएको अवस्थामा ७९ मध्ये २९ स्थानीय तह जित्ने जनाएको छ। एमाले २०७४ को स्थानीय चुनावमा कर्णालीका २६ स्थानीय तहको प्रमुख जितेको थियो ।
बैठकमा प्रदेश अध्यक्ष विनोदकुमार शाहले विभिन्न जिल्लाको पछिल्लो रिपोर्टिङ समायोजना गर्दै सत्ता गठबन्धन एकातिर,एमाले एक्लै अर्कोतिर हुँदा १५ स्थानीय तहमात्र जित्न सकिने आँकलन गर्नुभएको हो ।
शाहले हुम्लामा ३,डोल्पामा ४,मुगुमा २,जुम्लामा १, कालिकोटमा ३ र दैलेखमा ५ तथा सुर्खेतमा ६ स्थानीय तह जित्न सकिने रिपोर्टिङ गर्नुभएको छ। उहाँले रुकुम पश्चिम र सल्यानको रिपोर्ट नआएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्