जनता टाइम्स

९ चैत्र २०७८, बुधबार १६:३३

सरकारले छिमेकसँगको सम्बन्ध खलबल्यायो– अध्यक्ष ओली (प्रतिवेदनको पूर्णपाठसहित)


काठमाडौँ, चैत्र ९ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाह्य सम्बन्ध खलबल्याउने काम सरकारले गरेको बताउनुभएको छ । अध्यक्ष ओलीले बुधबार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवदेनमा भारतको विषयमा कुरा उठाउन नसकेको र चीनसँग नभएको सीमा विवाद उचालेर सम्बन्ध खलबल्याएको जनाइएको छ । गठन हुनुपूर्व नै कसैका लागि कम्फर्टेबल बन्ने बाचा गरेको गठबन्धन सरकारको कार्यकालमा राष्ट्रिय हितप्रति गम्भीर बेवास्ता गरिएको छ भने बाह्य सम्बन्धमा सन्तुलन खलबल्याउने काम भएको छ, प्रतिवदेनमा भनिएको छ ।

त्यसैगरी, प्रतिवेदनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत भू–भागमा नेपालको प्रशासनिक उपस्थिति र स्वामित्व स्थापित गर्न गम्भीर कूटनीतिक पहल गर्नुको साटो सरकार कतिपय सरकारी दस्तावेजमा नेपालको नयाँ नक्सा नै गायब पारिरहेको उल्लेख छ । जयसिंह धामी पानी बेपत्ता प्रसंगमा मौनता, दार्चुलामा भारतबाट भइरहे महाकालीको धार परिवर्तन गर्ने कामप्रति प्रतिक्रियाविहीन अवस्था र अन्य कतिपय संवेदनशील मुद्दामा सरकारको लापरबाहीलाई हेर्दा यसलाई संयोग या प्राविधिक त्रुटिमात्रै भन्न सकिने स्थिति छैन, प्रतिवदेनमा भनिएको छ, भारतसँग साझेदारीका कैयौ विकास परियोजन अगाडि बढाउन सार्थक काम गरिरहेको छैन । प्रतिवेदनमा चीनतर्फको सम्बन्धलाई बेवास्ता गरिएको एमालेले आरोप लगाएका छन् ।

अर्कातिर चीनसँग बिआरआई परियोजना अगाडि बढाउन सरकारले कुनै पहल गरिरहेको छैन । सुल्झिसकेको सीमा विवाद झिक्ने, लामो समय राजदूत र राख्नेजस्ता कामहरूले छिमेक सम्बन्धमा सन्तुलन खल्बल्याउने काम भइरहेको छ, प्रतिवदेनमा भनिएको छ ।