जनता टाइम्स

९ चैत्र २०७८, बुधबार १७:१४

भीमदत्त राजमार्ग अवरुद्ध


डडेल्धुरा, ९ चैत । न्यान्यापधुरा गाउँपालिका–१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेकासवारी साधनबीच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिनुभयो ।