जनता टाइम्स

९ चैत्र २०७८, बुधबार १७:१९

निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन सक्दैन : नेता पौडेल


काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलहरुका बीचमा हुने निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताउनुभएको छ । राजनीतिशास्त्री समाजद्वारा आज काठमाडौँको पिके क्याम्पसमा आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताउनुभएको हो ।

‘निर्वाचनमुखी गठबन्धनले चुनाव जिताउन मात्रै काम गर्छ । यसले देशलाई उपलब्धि दिन सक्दैन’, उहाँले भन्नुभयो,‘जनताको जीविकोपार्जनसम्बन्धी साझा एजेण्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक छ ।’ लोकतान्त्रिक विचार, समाजवाद प्राप्ति र जनताका साझा एजेण्डा निर्माण गर्ने गठबन्धन अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।