जनता टाइम्स

९ चैत्र २०७८, बुधबार १८:१६

प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर चन्द्रागिरि


काठमाडौं, ९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाहेलिकप्टर चढेर चन्द्रगिरि पुग्नुभएको छ । दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्‍घाटन गर्न उहाँ त्यहाँ जानुभएको हो । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ ।

तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ ।

चन्द्रागिरि हिल्स रिसोर्टमा दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भू–भागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् ।