काठमाडौं, ९ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा पर्वतका गुरुङलाई नियुक्त गर्नुभएको हो ।
तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्