काठमाडौं, चैत्र १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुधबार बिहानदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी छ ।
काठमाडौंको बबरमहलस्थित एक बैंक्वटमा जारी सो बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताउनुभयो । यससँगै स्थानीय तहको निर्वाचनको घोषणापत्र सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
पार्टीको स्थापना दिवस, सात प्रदेशमा शक्ति सन्तुलनको स्थिति, पार्टी प्रवेशलगायतका विषयमा छलफल हुन्छ, अधिकारीले भन्नुभयो ।एमाले बैठकमा सात प्रदेशका अध्यक्षहरुले पार्टीको रिपोर्टिङ लिखितरुपमा प्रस्तुत गर्नुभएको थियो भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक आज सम्पन्न हुँदैछ ।














प्रतिक्रिया दिनुहोस्