काठमाडौं, १० चैत्र । नेकपा (माओवादी केन्द्र)का चितवन जिल्लाका नेता तथा भरतपुर महानगरपालिकाका पूर्व वडाध्यक्ष खेमराज पौडेल बिहीबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
पार्टी केन्द्रीय कमिटी बैठक चलिरहेका बेला बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको हो । पौडेल २०४९ सालमा भरतपुर वडा नम्बर १ बाट वडाध्यक्ष निर्वाचित हुुनुभएको थियो भने २०६९ देखि २०७१ सालसम्म जनप्रतिनिधि नभएका बेला महानगरपालिकामा नेकपा माओवादी केन्द्रको प्रतिनिधि हुनुहुन्थ्यो ।पार्टी प्रवेश कर्यक्रममा उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित चितवनका एमाले नेताहरु थिए ।













प्रतिक्रिया दिनुहोस्