जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०७:०३

अविवाहित अभिनेत्रीले गरिन तीन वर्षीया छोरी रहेको खुलासा


मुम्बई, असार २४ । अविवाहित बलिउड अभिनेत्री माही गिलले आफ्नी तीन वर्षकी छोरी रहेको खुलासा गरेकी छन्। ४३ वर्षीया उनले आफू लामो समयदेखि प्रेमसम्बन्धमा रहेकोसमेत जनाएकी छन्। ‘मेरो एक छोरी पनि छिन्, जसको नाम बेरोनिका हो। अगस्टमा उनी तीन वर्ष हुनेछिन्।’

माहीले छोरीको प्रसंगबारे आफूले मिडियासँग कुरा लुकाएर राखेको र छोरीलाई सामाजिक सञ्जालबाट पनि टाढै राखेको बताएकी छन्। उनले ‘दबंग’, ‘जंजिर’, ‘पान सिंह तोमर’, ‘देव डी’, ‘गुलाब’, ‘साहेब बीबी’, ‘ग्याङस्टार’जस्ता फिल्ममा अभिनय गरेकी छन्। उनको ‘फेमिली अफ ठाकुरगन्ज’ प्रदर्शनको क्रममा छ।

अभिनेतृ माही गोवाको एक व्यवसायीसँग प्रेममा रहेको बताइएको छ।