जनता टाइम्स

११ चैत्र २०७८, शुक्रबार ०९:०२

प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने


काठमाडौं , ११ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेक शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुने भएको छ । यसअघी यही चैत १६ गते उनले श्रीलंकाको भ्रमण गर्ने बताइए पनि त्यहाँ नजाने हुनुभएको हो ।

श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने गत फागुन २३ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले घोषणा गर्नुभएको थियो ।

‘प्रधानमन्त्रीज्यु श्रीलंका नजाने हुनु भएको छ। बिमस्टेक सम्मेलनलाई उहाँले भर्चुअल सम्बोधन गर्नु हुनेछ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् ।