जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०८:११

भू–माफियाले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने महेश बस्नेतको घोषणा


भक्तपुर, असार २४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा सांसद महेश बस्नेतले जनताको साथ र सहयोग भएका भू–माफियाले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने घोषणा गर्नुभएको छ ।

चाँगुनारायण नगरपालिकाको पाँचौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै संसद बस्नेतले बोर्डको कमलपोखरी तथा दक्षिण बाराहीको २२ रोपनी जग्गालाई सार्वजनिक बनाउने न्यायालयले विशेष सहयोग कै कारण व्यक्तिको नामबाट सार्वजनिक नै बनाउन सफल भएको बताउँदै उहाँले सो घोषणा गर्नुभएको हो ।

‘विगतमा राज्यको स्रोत साथनलाई दुरुपयोग गरी हनुमन्ते नदीको करिव ६४ रोपनी र मनोहरा नदीको करिव ५४ रोपनी जग्गा, स्वरस्वतीखेलको बसपार्क क्षेत्रको जग्गा व्यक्तिको नाममा गएको जसलाई इमान्दारीताका साथ फिर्ता गर्नुपर्छ । होइन भने राज्यले बल प्रयोग गरेर भए पछि सार्वजनिक बनाएरै छोड्छ,’ पूर्वमन्त्री बस्नेतले भन्नुभयो । भक्तपुरमा उद्घाटन भन्दा शिलान्यास भढी भएको भन्ने गरिएको अनावश्यक हल्लाको पछि नलाग्न पनि उहाँले सुझाव दिनुभयो ।

‘भक्तपुरको विकास प्रचारमूखी नभई भ्रम चिर्ने कार्य गरेनौं । सुवर्णेस्वर तीनधारा सडकमा स्थानीयवासीले सडक निर्माण गर्न जग्गा उपलब्ध गराएको साथै स्थानीयवासीको साथ र सहयोगकै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सडक निर्माण कार्य भइरहेको छ । जहाँ प्रधानमन्त्री रोजगारमा मकै गोडेको भनेर अनावश्यक हल्ला फैलाईयो । त्यसो भन्नेहरुले अहिले गएर हेरे हुन्छ, उक्त स्थानमा सडक निर्माण कार्य व्यापक मात्रामा भइरहेको छ, ६ मिटरको बाटो निर्माण भइरहेको फोटो आएपछि भ्रम चिरिएको छ,’ बस्नेतले भन्नुभयो ।

विगतमा शिलान्यास नभएको र अहिले शिलान्यास धमाधम भएको बताउँदै सांसद बस्नेतले आगामी वर्ष उद्घाटनको वर्षको रुपमा मनाउने समेत बताउनुभयो । उहाँले भक्तपुरको विकास र समृद्धि तिव्र गतिमा दैडिएको बताउँदै विकास र समृद्धिको बाटोमा भक्तपुर नमुना भएको बताउनुभयो । चाँगुनारायण नगरपालिकाप्रति कतिपय भ्रम फिजाउन खोजीएका कुराहरु अनावश्यक रहेको बताउँदै सांसद बस्नेतले प्रतिपक्षी दलले समेत चाँगुनारायण नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको समर्थन जनाएका कारण चाँगुनारायण नगरपालिकाले उत्कृष्ट काम गरेको प्रमाणित भएको बताउनुभयो ।

सांसदहरुको काम कानुन निर्माणको निर्माता मात्र होइन, विकासका पहलकर्ता पनि भएको बताउँदै उहाँले भक्तपुरका जनताले आफुले गरेको कामलाई प्रशंसा गरिरहेको र आगामी दिनमा अझ बढी जनमूखी काम गर्ने साथै भक्तपुरमा संघिय सरकारको बजेट अत्याधिक मात्रामा पार्न विशेष भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सांसदहरु मात्र होइन मन्त्रीहरु समेत भक्तपुरको विकास देखेर आइडिया माग्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुर नगरपालिकालाई विकास चाहिएको छैन, अन्य नगरपालिकामा संघिय सरकारको तर्फबाट बजेट करिव बराबरीकै हैसियतमा रहेको छ ।’

अघिल्लो वर्ष गौरव गर्न लायकको योजनामा चाँगुनारायण नगरपालिकामा स्मार्ट सिटी बनाउन डिपीआरको प्रकृया अघि बढाएको र यो वर्ष सम्पन्न हुने जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले चाँगुनारायणमा करिव ७ सय रोपनी भन्दा बढी जग्गामा आधुनीक वीर अस्पताल बन्ने प्रकृयामा रहेको जसको लागि ४० करोड भन्दा वढी रकम विनियोजन भएको जानकारी गराउनुभयो ।

मनोहरा करिडोर बहुवर्षिय आयोजनामा पार्न सफल भएको र न्युनतम प्रत्येक वर्ष १ अर्व रकम छुट्याउने जानकारी गराउँदै उहाँले चाँगुनारायण नगरपालिका विश्वसम्पदा सूचीमा सुचिकृत भएकाले चाँगुनारायणको सम्पदा संरक्षण र विकासको निम्ती नेपाल सरकारले डेढ अर्व, भक्तपुर नगरापालिकामा डेढ अर्व, सूर्यविनायक र मध्यपुरमा एक एक अर्व रुपैंया विनियोजन भएको गरेको जानकारी गराउनुभयो ।

सरकार विकास र समृद्धिको तिव्र गतिमा अघि बढिरहेको बताउँदै सांसद बस्नेतले नेपाल सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक एक वटा रणनैतिक सडकहरु बनाउने घोषणा गरेको जसमा चाँगुनारायण नगरपालिकामा च्याम्हासिङबाट नाला, सल्लाघारी हुँदै बनेपा जाने सडकलाई रणनैतिक सडकको रुपमा घोषणा गर्ने तयारीमा रहेको र उक्त सडक अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा अघि बढ्ने, नेपाल सरकारले चारवटा ठूला ठूला सडकहरु निर्माण गर्ने कार्य शुरु गरिसकेको जसमा खरिपाटीबाट नगरकोट जाने सडक (हरी गुरु सडक) जसको लागि ९ करोड रुपैंया विनियोजन भएको जसबाट दुई किलोमिटर सडक कालोपत्रे भईसक्ने, पेप्सीकोलादेखी तेलकोटसम्मको सडक निर्माणको लागि ४८ करोड, ओसरपुरबाट सुडाल जाने सडक निर्माणको लागि २४ करोड, वागेश्वरी अस्पताल हुँदै सुडाल जाने सडकमा १९ करोड बजेट विनियोजन भएको जानकारी गराउनुभयो ।

उपत्यका विकास प्राधिकरणले भक्तपुरमा यस वर्ष ४१ करोड बजेट विनियोजन गरेको जसमा ३० करोड नियमित बजेट रहेको छ भने बाँकी ११ करोड काठमाडौँ तथा ललितपुरमा काम हुन नसकेको बजेट भक्तपुरमा आएको जानकारी गराउँदै उहाँले अघिल्लो वर्ष चाँगुनारायणमा आठ वटा ठूला सडकहरु ल्याउने सफल भएकोमा १ अर्व ३१ करोड बजेट रहेको जुन इतिहासमा नै सवैभन्दा बढी रहेको बताउनुभयो । उहाँले सूर्यविनायकमा १ अर्व ६ करोडमात्र बजेट ल्याउन सफल भएको समेत जानकारी गराउनुभयो ।

भक्तपुरमा यो वर्ष भौतिक मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय लगायतबाट पर्याप्त मात्रामा बजेट छुट्याउन सफल भएको बताउँदै उहाँले यो वर्ष भक्तपुरमा भौतिक मन्त्रालयको तर्फकाट मात्र २९ वटा सडकहरु, सहरी विकास मन्त्रालयबाट १६ वटा सडकहरु रेडबुकमा पार्न सफल भएको बताउनुभयो । चाँगुनारायण नगरपालिकामा अघिल्लो वर्षका चारवटा सडकहरुले निरन्तरता पाएको साथै थप तीन वटा सडक डिपीआरको प्रकृयामा रहेको बताउँदै उहाँले विकासको १० लाखको डिपीआर बनाए लागि १० करोड बजेट ल्याउन सकिने बताउनुभयो ।

खानेपानीमा अघिल्लो वर्ष भक्तपुरमा ८ वटा योजनाहरु मात्र समावेश भएकोमा यो वर्ष ६१ वटा योजनाहरु समावेश भएको जसमा चाँगुनारायण नगरपालिकामा मात्रै १७ वटा रहेको जानकारी गराउँदै सांसद बस्नेतले मनोहरा खोलामा दुईवटा ठूला पुलहरु बन्ने प्रकृयामा रहेको जानकारी गराउनुभयो । उहाँले पर्यटकीय क्षेत्र, पार्क, पोखरी लगायतका निर्माण गर्ने कार्यमा संघिय सरकारको तर्फबाट आवश्यक सहयोग तथा बजेटको व्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।