जनता टाइम्स

११ चैत्र २०७८, शुक्रबार २१:२४

माधव र किसानलाई झडका, भ्रम टुट्यो भन्दै एमालेमै फर्किए दुई वडाध्यक्ष


तनहुँ, चैत ११ । नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा गएका तनहुँका दुई वडाध्यक्ष फेरी नेकपा एमालेमै फर्किएका छन् । आज आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा माधवको भ्रम टुटेको घोषणासहित एमालेमै फर्कनु भएको हो ।

यस्तै, शुक्लागण्डकी–५ का वडासदस्य थपबहादुर थापाले पनि एकीकृत समाजवादी परित्याग गर्दै एमालेमा फर्किएको घोषणा गर्नुभयो । तनहुँमा तात्कालिन नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि मध्य १३ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए ।

सनाखत गर्नेमा पाँच जना वडाध्यक्ष र आठ जना वडा सदस्य थिए । श्रममन्त्री किसान श्रेष्ठकै जिल्लामा समाजवादीतिर लागेका जनप्रतिनिधि एमालेमा फर्कन लागेका हुन । निर्वाचित प्रतिनिधि सवै एमालेमै फर्कन लागेका हुन ।