जनता टाइम्स

१२ चैत्र २०७८, शनिबार १६:२४

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


काठमाडौं, १२ चैत्र । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नुभएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।

भ्रमण तालिका अनुसार दुई परराष्ट्रमन्त्रीबीच शनिबार भएको छलफलपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । त्यसपछि शनिबार नै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल हुनेछ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुहुने छ । शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।