सिन्धुपाल्चोक, चैत १२ । नेकपा एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन् । स्थानीय तहका उम्मेदवार सिफारिसका लागि पार्टी केन्द्रीय कमिटीले तोकेको समयसीमा भन्दा २० दिनअघि नै एमालेले अध्यक्ष र उपाध्यक्षको नाम सर्वसम्मत सिफारिश गरेको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एमाले भोटेकोसी गाउँपालिका बैठकले अध्यक्षमा अमृत खड्का र उपाध्यक्षमा सुन्तलीमाया श्रेष्ठलाई सर्वसम्मत छनोट गरेको हो । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये भोटेकोशी गाउँ पालिकामा एमालेले सर्वसम्मत उम्मेदवार छनोट गरेको हो।













प्रतिक्रिया दिनुहोस्